नयाँ मर्यादाक्रममा नेपाली सेना असन्तुष्ट

906

 काठमाडौं /  पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ ।

गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो ।

प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन् । सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा सोसरहको अधिकृतभन्दा तल राखिएको छ । यसले गर्दा विपत् व्यवस्थापन तथा अन्य सहकार्यमा संयुक्त फौज परिचालनमा असहज हुने सेनाको ठहर छ । सेनाले सरकारसमक्ष मर्यादाक्रममा सेनालाई तल पार्नुको कारण सोधेको छ ।

सैन्य अनुशासनमा बसेर अध्ययन गरेकालाई पछाडि पार्न नमिल्ने तर्क नेपाली सेनाको छ । इन्टरमिडियट उत्तीर्ण गरेपछि सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी) मा प्रतिस्पर्धा गर्न पाइन्छ। त्यसरी प्रवेश गरेका सेनाले भित्रै पढ्न र सैनिक तालिम लिन पाउँछन् । तर नेपाल प्रहरी वा सशस्त्रको निरीक्षकमा जागिर खान स्नातक उत्तीर्ण गर्नैपर्छ । त्यसैले प्रहरी निरीक्षकलाई मर्यादाक्रममा माथि राखिएको गृह मन्त्रालयका अधिकारीहरूले जनाए ।अन्नपूर्ण पोस्टमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here