अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक संकट झेलिरहेको श्रीलंकाले करिब ३ अर्ब अमेरिकी डलर ऋण पाउने

46
काठमाडौं  । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकट झेलिरहेको श्रीलंकालाई करिब ३ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ । श्रीलंका र आइएमएफबीच २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको ऋणका लागि प्रराम्भिक सम्झौता भएको हो । यद्दपि, सम्झौतालाई आइएमएफको व्यवस्थापन र कार्यकारी बोर्डबाट अनुमोदन हुन बाँकी रहेको रोएटर्सले रिपोर्ट गरेको छ । आइएमएफको बोर्डले अनुमोदन गरेपछि मात्र श्रीलंकाले ऋण पाउनेछ ।
श्रीलंकाले पनि आइएमएफका शर्तहरुमा सहमति जनाउनुपर्नेछ । आइएमएफले ४८ महिनो वित्तीय योजनामा श्रीलंकाको सरकारी आम्दानीमा वृद्धि गर्ने, इन्धन र बिजुलीको नयाँ मूल्य निर्धारण, सामाजिक खर्च बढाउने, केन्द्रीय बैंकको स्वायत्ततालाई बलियो बनाउने र घटेको विदेशी मुद्रा सञ्चितिको पुनरुत्थान गर्न सरकारी राजस्व बढाउने लक्ष्य राखेको छ।
श्रीलंकाले करिब ३० अर्ब डलर ऋण पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको छ । यसका लागि जापानले चीन, भारतलगायत मुख्य ऋणदाताहरुसँग वार्ताका लागि नेतृत्व गर्ने प्रस्ताव गरेको छ । श्रीलंकाले महिनौंदेखि चर्को मुल्यवृद्धिसहित इन्धन र अन्य आधारभूत वस्तुहरुको तीव्र अभावको सामना गरिरहेको छ । श्रीलंकाका मूल्यवृद्धि वार्षिक विन्दुगत आधारमा ६५% नाघिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here