एकैदिन ३ सय कोरोना सङ्क्रणकाे पुष्टि

35

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ र दुई हजार ६०९ एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

त्यस्तै, हाल मुलुकमा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५७ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा तीन लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here