असनमा अवैध संरचना हटाउने अभियान शुरु

109

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरितका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौंको असन क्षेत्रका संरचना हटाउन शुरु गरको छ ।

मंगलबार महानगरको टोली असन पुगेको हो । यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै  महानगरको टोली अहिले असन बजारमा पुगेको छ ।

महानगरको वडा नम्बर २५ ले आइतबार इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान शुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here