प्रम देउवाले लिज ट्रस बेलायतको तेस्रो महिला प्रम बनेपछि बढाई

173

लण्डन  । बेलायतमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीकी लिज ट्रस विजयी भएकी छन्।

लिज भारतीय मूलका ऋषि सुनकलाई हराएर  बेलायतको प्रधानमन्त्री बन्न लागेकी हुन् ।  आर्थिक संकटसँग जुध्न शीर्ष क्याबिनेट मन्त्रीहरूको नयाँ टोली नियुक्त गर्नु अघि उनी स्कटल्याण्ड गएर महारानी एलिजाबेथसँग भेट गर्नेछिन्।

युनाइटेड किंगडमको कन्जरभेटिभ पार्टीले सोमबार लिज ट्रसलाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको घोषणा गरेको थियो। चुनावमा ट्रसले आफ्ना प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गरेकी थिइन्। लिज ट्रसले ८१ हजार ३२६ र ऋषि सुनकले ६० हजार ३९९ मत प्राप्त गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयले मंगलबार औपचारिक रूपमा लिज ट्रसलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने भएकी छन् । लिज ट्रस सन् २०१६ यता बेलायतको चौथो र देशको तेस्रो महिला प्रधानमन्त्री बन्ने छिन् । उनीभन्दा अगाडि मार्गरेट थ्याचर र थेरेसा मे यस कुर्सीमा बसेका थिए। प्रधानमन्त्री बोरिस जोनसन मंगलबार स्कटल्याण्ड गएर महारानी एलिजाबेथ द्वितीयलाई औपचारिक रूपमा राजीनामा बुझाउने छन्। यस क्रममा लिज ट्रस पनि साथमा हुनेछिन् । उनीहरुलाई महारानी एलिजाबेथले सरकार गठनको लागि सपथ गराउनेछिन् ।

नेपालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिज  ट्रसलाई बलायती प्रधानमन्त्री पदमा विजयी भएकोमा शुभकामना दिएका छन्। प्रम देउवाले ट्विट गर्दै शुभकामना दिएका हुन्।

उनले ट्विटमा भनेका छन् , ‘म कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री बनेकोमा हार्दिक बधाइ दिन चाहन्छु।  लामो समयदेखि रहेको नेपाल-बेलायत सम्बन्धलाई अझै सुमधुर बनाउन म उहाँसँग कार्य गर्न म तत्पर छु। ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here