रूसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य

64

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार पश्चिमी देशको प्रतिबन्धका कारण रुसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य भएको छ।

यसै वर्षको फेब्रुअरीमा रुसले छिमेकी राष्ट्र युक्रेनमा आक्रमण गरेको थियो। त्यसपछि पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए। यस कारणले गर्दा रुसले हतियारको लागि उत्तर कोरियासँग भर पर्न सक्छ।

न्यूयोर्क टाइम्सले रुसले उत्तर कोरियाबाट धेरै हतियार किनेकाे छ।

युक्रेनसँगको युद्ध लामो समयसम्म रह्यो भने रुसले उत्तर कोरियाबाट थप हतियार किन्ने अमेरिकी अधिकारीले बताएका छन्।

रसियाले गत हप्ता इरानी ड्राेन पनि प्राप्त गरेकाे पनि जनाइएकाे छ।

पश्चिमी देशहरूले इरान र उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाएका छन्। तर राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गरेपछि यी दुई देशले रुससँगको सम्बन्धलाई मजबुत बनाउने प्रयास गरिरहेका छन्।

उत्तर कोरियाका तानाशाह किम जोङ उनले युक्रेनमा रुसको आक्रमणलाई उचित ठहर गर्दै त्यसको लागि अमेरिकालाई दोष दिइरहेका छन्। उनका अनुसार अमेरिकाको विस्तारवादी नीतिका कारण यस्तो भएको हो।

गत महिना, उत्तर कोरियाले पूर्वी युक्रेनको दुई क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएको थियो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तार गर्न चाहन्छन् ।

न्यूयाेर्क टाइम्सले हतियारको संख्याको बारेमा स्पष्ट संकेत गरेकाे छैन। तर एक अमेरिकी अधिकारीले रुसले उत्तर कोरियाबाट हतियार खरिद गरेको विश्लेषण गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here