काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता रवीन्द्र श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ बाट एकल उमेदबार सिफारिस गरेकाे छ ।
केपी शर्मा ओलीको नेतृत्वको सरकार हुँदा गुठी आन्दोलनमा सक्रिय र स्थापित युवा नेता श्रेष्ठले काठमाडौं ६ को ‘क’ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएमा जित्ने प्रबल सम्भावना छ ।
नेवार संस्कृति, पहिचानका आन्दोलनमा निकै सक्रिय रवीन्द्र श्रेष्ठ राजनीतिक विरासतसँग जोडिएका, स्वतन्त्र चिन्तन राख्ने युवा नेता हुन । उनको सहोदर दाजु राजेन्द्र श्रेष्ठ जनता समाजवादी पार्टीका तर्फबाट संघमा मन्त्री छन् ।


















