‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनापक्राउ

58

काठमाडौं ।  फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा  प्रेम बहादुर मगर र तोकमान तामाङ छन् ।

उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने बहाना गरेर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई  जनाए ।

प्रहरीले अरोपीहरुको साथबाट फलाममा सुन लेपन गरिएको एक किलो धातु बरामद गरेको छ । आरोपीहरुबाट प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here