काठमाडाैं । नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषा बनाउन कार्यदल गठन भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको सरकारी कामकाजि भाषाको रुपवमा लागू गर्नका लागि वाग्मती प्रदेशको सोमवार बसेकोमन्त्रिपरिषद बैठकले तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
भाषा आयोगको सिफारिस अनुसार कार्य गर्नका लागि वाग्मती प्रदेशको राजधानी हेटौंडामा बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।
कार्यदलमा औपचारिक रुपमा को को परेका छन् भन्ने विषय मंगलवार सम्ममा सार्वजनिक हने थाहा भएको छ । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, नेपाल तामाङ घेदुङ वागमती प्रदेश र नेवाः देय् दबू वागमती प्रदेश समितिले लगातार रुपमा भाषा आयोगको सफारिस अनुसार कार्यान्वयन गर्नका लागि दबावमुलक कार्यक्रम गर्दै आएको थियो ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले केहि दिन अधि मात्र कार्यदल बनाई प्रक्रिया शुरु गर्ने बचन दिए अनुसार नै यस पटकको मन्त्री परिषद्को बैठकले कार्यदल गठन गर्ने काम गरेको अत्यन्तै राम्रो भएको नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनु भएको छ । अवका दिनमा नेवाः र तामाङले आवश्यक पहल गर्नुपर्ने पनि महर्जनले बताउनु भयो ।

















