काठमाडौं । नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो ।
डेंगीका कारण ११ जनाको मृत्यु भएको छ ।
उपत्यकाबाहि मकवानपुरमा एक हजार ३३१ तथा रूपन्देहीमा ६३० जनामा संक्रमण देखिएको छ ।
यीसँगै, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार यो वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।
डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।
त्यस्तै, डेंगी निको हुने विश्वासमा मेवाको पातलगायतका घरेलु औषधिहरू प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।


















