काठमाण्डौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा पाँच रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


















