तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढे

51
यी कुरामा ध्यान दिए तपाईको फोन कहिले पनि ह्याङ हुने छैन

काठमाडौं । एक महिनामै तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा गत असार महिनाको तुलनामा साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाखले बढेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार महिनासम्म एक करोड ८३ लाख ७ हजार २५५ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता तीन लाख ३६ हजार ५ सय ७९ जनाले बढेर साउन महिनासम्म एक करोड ८६ लाख ४३ हजार ८३४ जना पुगेका हुन् ।

त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । एक महिनाको अवधिमा नै दुई लाख २४ हजार ५९३ जनाले बढेको हो । गत असार महिनासम्म डेबिट कार्ड प्रयोगकर्ता एक करोड ८ लाख ५६ हजार ३५७ रहेकोमा उक्त संखया बढेर साउन महिनासम्म एक् करोड १० लाख ८० हजार ९५० पुगेको हो ।

त्यसैगरि, यस अवधिमा वालेट प्रयोगकर्ता चार लाख भन्दा बढीले बढेको छ । गत असार महिनासम्म वालेट प्रयोगकर्ता एक करोड ३६ लाख ७५ हजार ९९३ रहेकोमा उक्त संख्या चार लाख १८ हजार ६२९ ले बढेर एक करोड ४० लाख ९४ हजार ६२२ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताकोहरुको संख्या पनि बढ्दै गएको देखिएको छ । गत असार महिनाको तुलनामा साउन महिनामा २२ हजार जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता थपिएका हुन् । गत असार महिनासम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता १६ लाख ८४ हजार ३१० रहेको थियो । तर, साउनसम्म आइपुग्दा १७ लाख ६ हजार ८६९ जना पुगेका हुन् ।

हालसम्म कनेक्ट आइपियस प्रयोगकर्ता ९ लाख १७ हजार ५४३ पुगेका छन् । त्यस्तै, प्रिपेड कार्ड प्रयोगकर्ता एक लाख १० हजार ८५४, पीएसपी एजेन्ट प्रयोगकर्ता १२ हजार ८४३ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here