डेंगुमा जथाभावी पेनकिलर प्रयोग नगरौँ

399

-शारीरिक दुखाइ अत्यधिक हुने भएकाले डेंगुलाई ‘ब्रेक बोन फिबर’ अर्थात् ‘हड्डी भाँच्चिएसरह दुखाइ हुने ज्वरो’ पनि भन्ने गरिन्छ । जसकारण अधिकांश संक्रमितले सिटामोल र फ्लेक्सन नामक दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको पाइन्छ । चिकित्सकको सल्लाहविना दुखाइको औषधि जथाभावी प्रयोग गर्दा नकारात्मक असर पर्ने जोखिम बढेको देखिन्छ ।

-सामान्यतया डेंगु संक्रमण हुँदा आँखा रातो हुने, शरीरमा स–साना राता बिबिरा देखिने, पखाला वा पातलो दिसा हुनेजस्ता लक्षण देखिन्छन् । संक्रमण जटिल बन्दै गएपछि लगातार बान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिजा वा शरीरका अरू ठाउँबाट रगत बग्नु, दिसा, पिसाब वा बान्तामा रगत देखिनु, बेचैन हुनु, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् ।

-दुखाइ कम गर्न संक्रमितले सिटामोल र फ्लेक्सनजस्ता औषधि प्रयोगमा ल्याउने गरेका छन् । तर, फ्लेक्सनले तत्काल दुखाइ कम गरे पनि केही समयपछि पुन दुखाइ सुरु हुन्छ । त्यस्तै, फ्लेक्सनको अत्यधिक प्रयोगका कारण रक्तश्रावको समेत जोखिम बढ्ने भएकाले चिकित्सकको सल्लाहविना जथाभावी दुखाइ कम गर्ने औषधिको प्रयोग गर्न हुँदैन ।

-दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोग गर्दा अन्य साइड इफेक्ट पनि देखिन्छन् ।

-वाकवाकी, छालामा दाग, ग्यास्ट्रिक, मुखको अल्सर, रक्तश्राव, थकान, टाउको दुखाइ, कमजोरी, कब्जियत, आँखा वा छालाको रङ पहेँलो हुने, भोक नलाग्ने, अनिद्राजस्ता साइड इफेक्ट देखिन्छन् । नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here