विदेश जानेका लागि नयाँ प्रावधान पीसीआर परीक्षणमा

204

काठमाडौं/विदेश जानेहरुका लागि कोरोना भाइरस संक्रमण (पीसीआर) परीक्षणका लागि नयाँ प्रावधान लागू हुने भएको छ। विदेश जानेका लागि कोभिड–१९ परीक्षण नतिजा सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित  ‘ए’ वर्गका प्रयोगशालाहरुबाट मात्रै हुने भएको छ।

रिपोर्टहरुमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाईन प्रणाली हेर्न मिल्ने हुनुपर्नेछ। परीक्षण नतिजा नाकामै हेर्न सकिने गरी उपलब्ध भएमा मात्रै मान्य हुने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारी जानकारी गराए।

यसअघि नीजि क्षेत्रका विभिन्न ल्याबलाई विदेश जानेको कोरोना परीक्षण गर्ने अनुमति सरकारले दिएको थियो। कतिपय ल्याबहरुले स्वाब समेत नलिइ नक्कली रिपोर्ट बनाएर बिक्री गर्ने गरेको विषय समेत सार्वजनिक भएको थियो।

ल्याबहरुले स्वाब नै नलिइ नेगेटिभ नतिजासहितको रिपोर्ट बनाएर बिक्री गर्ने गरेको घटना सार्वजनिक भएपछि सरकारले विदेश जानेहरुका लागि कोरोना भाइरस संक्रमण (पीसीआर) परीक्षणका लागि नयाँ प्रावधान लागू गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here