मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत

65

काठमाडौं । काठमाडौं  महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्।

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन् ।

यसअघि उनले उच्च अदालत पाटनको फैसलाप्रति लक्षित गर्दै नेपाललाई नेपाल देश भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? भनेर सोधेका थिए। त्यसको २४ घण्टापछि उनले कविता लेख्दै टुकुचा उत्खनन नरोकिने बताएका छन्।

उनको कविता यस्तो छ :

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लाश बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here