बजारमा सुनकाे भाउ बढ्याे

62

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।

हिजो विहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०० रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here