सवारी दुर्घटनामा दुई जनाको मृत्यु

48

काठमाडौं ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सुर्यविनायक चोक नजिक बा.१ प १५५१ नम्बरको बसको ठक्करबाट भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजार आदर्श चोकमा ग.१ ख ४५६५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने दिल बहादुर नेपालीको छोरा ६ वर्षीय बिजय परियारको घटनास्थलमै बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here