सिट बाँडफाँटसम्बन्धी विवादले उग्र रुप लिएपछि जसपाद्वारा अन्य दलसँग मिल्ने चेतावनी

70

काठमाडौं । लामो समयदेखि सत्तारुढ गठबन्धनभित्र चलिरहेको सिट बाँडफाँटसम्बन्धी विवादले उग्र रुप लिँदै गएको छ। जसको परिणाम गठबन्धन चुनावसम्म टुक्रिने संकेत देखा परेका छन्।

सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले आधिकारिक रुपमै निर्णय गरेर विकल्प खोज्ने चेतावनी दिएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सिटको तालमेल सम्बन्धमा आफ्नो पार्टी सन्तुष्ट नभएको भन्दै विकल्प खोज्ने निर्णय गरेको जसपाका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए।

उनका अनुसार आज बसेको बैठकमा सिट बाँडफाँट माग अनुसार नपाए के गर्ने भन्ने विषयमा छलफल भएको थियो। छलफलमा पाँच दलीय गठबन्धनमा आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफूहरुलाई सन्तोषजनक रुपमा सिट दिन

चुनावमा अन्य दलसँग सहकार्यको विकल्प खोज्ने र त्यो सम्भव नभए एक्लै भए पनि जसपा निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ। यसअघि माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि सत्ता साझेदार मुख्य दल नेपाली कांग्रेसलाई सिट बाँडफाँटमा चित्न नबुझेको भन्दै असन्तुष्टि पोखेको छ।

पछिल्लो केही दिनयता गठबन्धनमा सिट बाँडफाँटबारे लगातार छलफल भए पनि अन्तिम सहमति हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here