काठमाडौं । दाङको राप्ती गाउँपालिका–३ मसुरियामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुईजनाको मृत्यु भएको छ । लु ४० प ४९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमा सुलेस चौधरी र लहानु चौधरी रहेका छन् ।
उनीहरु दुवैजना सशस्त्र प्रहरी रहेको खुलेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उनीहरु सशस्त्र प्रहरी बल २९ नम्बर गणमा कार्यरत रहेको खुलेको छ ।
मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकेर गणमा फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए ।


















