काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन्।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो।
डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। दशैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।
उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन्।त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए।
kar kosh
सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यसवर्ष विगतको तुलनामा कम रहेको बताए।यस्तै नेपालमा हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। यो संख्या गत साउनदेखि हालसम्मको हो।


















