सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

93

काठमाडौं । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ।

अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ। खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ। यद्यपि, उनले सामान्य दोहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ।

उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here