काठमाडौं । त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।
त्रिवि आयुर्वेद क्याम्पसका प्रमुख प्रा. डा. शिवमंगल प्रसाद र ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखाका प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा त्रिविका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोदकुमार सिंह, प्रशासकीय प्रमुख कुमार केसी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


















