आर्मी बन्यो आठौं राष्ट्रिय खेलकुदको च्याम्पियन

92

बाँके – आठौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। बुधबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको समापन गरे।

प्रतियोगितामा नेपाल आर्मीले सर्वाधिक पद हात पार्दै टिम च्याम्पियन भएको छ। आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्य पदक हात पारि टिम च्याम्पियन बन्यो। ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य पदक हात पारि नेपाल पुलिस दोस्रो भयो।

सशस्त्र प्रहरीको एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्य गरि २०३ पदक जितेको छ। स्वर्णमा नेपाल पुलिसले एपीएफभन्दा धेरै पटक जिते पनि कुल पदक तालिकामा उसले कम पदक हात पारेको छ। अन्य प्रदेशलाई पछाडी पार्दै पदक तालिकामा प्रदेश ३ अगाडी देखिएको छ। प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कास्य गरि १२२ पदक जित्दा गण्डकी प्रदेशले प्रदेश २२ स्वर्ण, २१ रजत र ४४ कास्य पदक जितेको छ। प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कास्य जदक हात पार्न सफल भएको छ।

प्रतियोगितामा प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कास्य पदक हात पारेको छ भने, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३५ कास्य पदक जितेको छ। प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० कास्य गरि ३३ पदक ल्याएको छ। कर्णाली प्रदेशले सबैभन्दा कम पदक ल्याएको छ। गैरआवासिय नेपाली संघ ९एनआरएन० ले ६ स्वर्ण, २ रजत र ५ कास्य पदक ल्याउँदा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कास्य गरि २४ पदकमा सिमित भयो।

प्रतियोगिताको समापन गर्न बाँकेको नेपालगञ्ज आइपुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रतियोगिताले तल्लोस्तरबाट खेलाडी उत्पादन गर्ने थलो भएको बताएका छन्। उनले आठौँ राष्ट्रिय प्रतियोगिताले प्रदेश ५ को नेपालगन्जलगायत विभिन्न जिल्लाको खेलकुद विकासमा टेवा पु¥याएको जााउँदै राज्यले भौतिक संरचनासँगै खेलाडीको वृत्ती विकासमा जोड दिनुपर्ने जानकारी दिए।

उनले आठौँ राष्ट्रिय प्रतियोगिता ऐतिहासिक भएको जनाउँदै निर्माण भएका संरचनाको संरक्षणको ब्यवस्था मिलाउनु पर्ने जानकार िदिए। नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा आठौँ राष्ट्रिय प्रतियोगिता समापन सँगै नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को बुधबारको बैठकले २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here