मलेसियाका ९७ वर्षीय पूर्वप्रधानमन्त्री महाथिर चुनावी मैदानमा हाेमिदै

44

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि संसदीय निर्वाचन लड्ने भएका छन्। ९७ वर्षीय महाथिरले नोभेम्बरमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘हाम्रो पार्टीबाट को प्रधानमन्त्री हुनेछ भन्ने कुरा मैले भन्न सक्दिनँ तर मैले उम्मेदवारी दिने निर्णय गरें,’ उनले भनेका छन्।

सत्ता गठबन्धनसँग खटपटपछि मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकुले संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका छन्।

महाथिरले आफ्नो जीत निश्चित रहेको दाबीसमेत गरेका छन्।

मलेसियाको निर्वाचन आयोगले अक्टोबर २० मा मतदानको मिति तोक्दैछ। यसअघि महाथिर ९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बनेका थिए।

महाथिरले दुई दशकभन्दा बढी मलेसियाको सत्ता चलाएका थिए। उनले सन् २००३ मा प्रधानमन्त्री पद छोडेका थिए। राजनीतिबाट संन्यासको घोषणा गरेका उनी पछि उक्त निर्णय फिर्ता लिँदै फेरि चुनावमा होमिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here