मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु

60

दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेका छन् ।

हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलले शुक्रबार साढे चार बजे ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते बालकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here