प्रधानमन्त्री देउवाद्वारा सत्यमाेहन जाेशीप्रति श्रद्धाञ्जली व्यक्त

66

काठमाडाैं ।  वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका पुगेका छन् ।

आज आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले पुष्पगुच्छासहित उनकाे पार्थिव शरीर दर्शन गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

श्रद्धाञ्जली दिन देउवासँगै नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी प्रमुख सिताराम हाछेथुलगाएत पुगेका थिए ।

१०३ वर्षको उमेरमा उपचारको क्रममा जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here