एभरेष्ट बैंककाे नयाँ खाता खाेल्दा अकाउन्टमा २८० रुपैयाँ जम्मा हुने

38

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा नयाँ सुविधा ल्याएको छ । यसअन्तर्गत भोलि अर्थात् कार्तिक १ गते अनलाइनबाट बैंक खाता खोल्दा नयाँ ग्राहकले उक्त बैंक अकाउन्टमा २८० रुपैयाँ जम्मा हुनेछ ।

त्यस्तै अनलाइनबाट बैंक खाता खोल्ने नयाँ ग्राहकलाई एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपलब्ध गराइने एभरेष्ट बैंकले जनाएको छ ।

यहाँ क्लिक गरेर एभरेष्ट बैंकको अनलाइन खाता खोल्न सकिन्छ । अप्लाई गरेकै समयमा खाता सुचारू भएपछि बैंकको तर्फबाट २८० रूपैयाँ खातामा डिपोजिट हुने जनाइएको छ ।

बैंकको साइटमा गएर आफूलाई उपयुक्त हुने मुद्दति वा बचत जुन खाता खाेलेपनि माथि उल्लेखित सुविधा पाउन सकिनेछ ।याद गर्नुहोस् बैंक खाता खोलेपछि आफूलाई पायक पर्ने समयमा भौतिक रूपमा बैंकमा गई आईडी भेरिफाई गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here