सत्यमोहन जोशीको जन्मकुण्डली दाहासंस्कार

95

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दाहासंस्कार गरिएको छ।  जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दाहासंस्कार गरिएको हो।

जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा. पूर्णराज जोशीले शंखमुलस्थित बागमती घाटमा आइतबार बेलुकी ६ः१४ मा उनको जन्मकुण्डली जलाएको लेखक तथा पत्रकार गिरीश गिरीले जानकारी दिएका छन्।

आफू जिवित छँदै संस्कृतिविद् जोशीले किष्ट अस्पताललाई शरीर दान गरेका थिए। उनको इच्छाबमोजिम परिवारजनले जोशीको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरेका हुन्।  संस्कृतिविद् जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो।

जोशीको निधनपछि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिएको थियो।  त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता, कलाकारलगायत सर्वसाधारणहरुले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। अन्तिम श्रद्धाञ्जलीपछि जोशीको पार्थिव शरीर किष्ट अस्पतालमै लगिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here