आधुनिक देउखुरीका लागि ल्याएका योजनाहरुका कारण मुहार फेरिने : मन्त्री मेटमणि चौधरी

50

कार्तिक । सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताएका छन् । नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले सो धारणा राखेका हुन्

। १० अर्बको लागतमा राप्ती कोरिडोर निर्माणको प्रक्रिया अघि बढेको बताउदै मन्त्री चौधरीले भने, ‘राप्ती कोरिडोर आयोजना अन्तर्गत नदीको दुबैतर्फ तटबन्ध बन्ने छ । जसका कारण बाढीको समस्या सदाका लागि हल हुनेछ । त्यसका साथै सैयौँ विघा जग्गा जनताको हातमा आउने छ ।

नदीको दुवैतर्फ फराकिला बाटा, हरियाली कायम हुनेछ । नदी किनारमा आधनिक शहर निर्माण हुनेछ । पर्यटनको प्रवद्र्धन हुनुका साथै आयस्रोतका अनेक बाटाहरु खुल्नेछन् ।’ राप्ती कोरिडोर गेम चेन्जर परियोजना रहेको बताउँदै मन्त्री चौधरीले सीमा नाका जोड्ने बाटो निर्माण, श्रीनगर चोकदेखि स्वर्गद्धारी जोड्ने ५५ किलोमिटरको बाटो निर्माण, बनगाउँदेखि स्वर्गद्धारी जोड्ने केवलकार निर्माण, घाराहीलाई केन्द्र मानी मुख्य सहर जोड्ने पोड वे लगायतका परियोजनाका कारण देउखुरीको मुहार फेरिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, अनुप थापा, सकुन्तला डिसी लगायतले गठबन्धनका पक्षमा लाग्न सबैलाई निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here