क्षेत्र नं. ९ मा पनि म अहिले प्रतिगमन विरुद्ध नै लडिरहेको छु: मिलन पाण्डे

67
काठमाडौँ क्षेत्र न. ९ बाट प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले आसन्न निर्वाचनमा पनि आफ्नो लडाई विधिको शासनका निम्ति र प्रतिगमनको विरुद्ध रहेको बताएका छन्। उनले आज नैकापमा आयोजित एक कार्यक्रममा बोल्दै विगत लामो समय उनले पार्टीभित्र प्रतिगमनको विरुद्ध लड्नुपरेको बताए। उनले अहिले आफू फेरी यो क्षेत्रमा पनि प्रतिगमनकै विरुद्ध लडिरहेको बताए।
संविधान मिच्दा र संसद् विघटन हुँदा कृष्ण गोपाल श्रेष्ठले प्रतिगमनको समर्थन गरेको र नागरिकको मतको अपमान गरेको उनको भनाई थियो। उनले ओम्नी काण्ड हुँदा, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारमा उहाँको मौनता स्मरण गर्न उपस्थित नागरिकहरूलाई अनुरोध गरेका थिए।
काठमाडौँ क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिएका विवेकशील अभियानका मिलन पाण्डेले अहिलेको निर्वाचन योग्य युवा र वर्षौँ राजनीतिलाई दोहन गरिरहेको प्रवृत्ति बिचको मुख्य सङ्घर्ष/लडाइ रहेको बताएका छन्। वर्षौँदेखि चुनाव जित्ने तर जनताको मनोभावना र चाहना हार्ने जुन प्रवृत्ति देखिएको छ त्यसलाई तोड्नको निम्ति संसद्मा नीतिगत बहसमा चासो राख्ने र विभिन्न तवरले काम गर्दा आफ्नो विवेक र इमानले काम गर्न सक्ने उदाहरणीय संसद् बन्ने योग्यता राख्ने उम्मेदवारलाई जिताउनुपर्ने बताए।
पाण्डेले गुणस्तरीय शिक्षा , निःशुल्क स्वास्थ्य सेवा, योग्यता-क्षमता अनुसारको रोजगारी र सरकारीको सेवाको होम डेलिभरी गर्ने जस्ता विषयलाई नीतिगत हिसाबले संसद्मा उठाउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here