कीर्तिपुरकाे जात्रा पर्व संरक्षणमा नगरबासीकाे सकृय रहने आशा : उपमेयर

97

काठमाडौं । दक्षिण भेगिय क्षेत्र लगायत उपत्यकामा सभ्य भव्य रूपमा कीर्तिपुर तःननि दाफा खलःकाे अायाेजनामा भएकाे नेपाल सम्बत ११४३ न्हूदँया भिन्तुना र्‍याली सम्पन्न भएको छ ।

कीर्तिपुरकाे इतिहासमै पहिलाे पटक कीर्तिपुर नगरका नेपाल भाषामा पी.एच.डी. पास गरेका प्रा.डा. चन्द्रमान बज्राचार्य, बज्रमुनी बर्जाचार्य, तुयू बहादुर महर्जनलाई सम्मान गरिएको कार्यक्रममा प्रा.डा. चन्द्रमान बज्राचार्यले कीर्तिपुर क्षेत्रबाट नेपालभाषामा पी.एच.डी पास गरेका  दुइ जना मध्ये थप बज्रमुनी बज्राचार्य समेत थप भएकाे कीर्तिपुरकाे लागि थप साैन्दर्य भएकाे जनाउँदै  नेपाल सम्बत र्याली देशसित सम्बन्धित भएकाले नेपाल सम्बत किन गर्नु पर्ने ? यस विषयले जानकारी लिनु पर्नेमा जाेड दिएका दिएका थिए ।

लियाे लायन्स क्बल अफ कीर्तिपुरकाे अायाेजनामा मन्द बनाउने प्रतियाेगितामा मन्द फल्चा नयाँबजार तेस्रो, सन स्टार क्लब दोस्रो तथा प्रथम स्थानमा गुत्पौ भजन गूठी भएकाे दश हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

कीर्तिपुर नगरका  उपमेयर सुभलक्ष्मी शाक्य महर्जनले न्हूदँ आन्दोलनका रूपमा अगाडि बढि रहेको जनाउँदै सम्पदा संरक्षित क्षेत्र घोषणा भएकाले कार्यविधि समेत गठन पश्चात आगामी दिनमा जात्रा पर्व, न्हूदँ र्याली गर्नका लागि व्यवस्थित रूपमा सञ्चालन गरेर संरक्षणमा नगरबासीको समेत  सकृयभूमिका खेल्नेमा आशा व्यक्त गरी नेपाल सम्बत ११४३ काे उपलक्ष्यमा शुभकामना व्यक्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here