चुनौतीका बाबजुत पनि एसियाको अर्थतन्त्र सन्तोषजनक

70

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हाल तुलनात्मक रुपमा एसियाको अर्थतन्त्र सन्तोषजनक रहेको जनाएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटवार्तामा आईएमएफकी नेपाल प्रतिनिधि टेरेसा डबान सांचेले कोभिड–१९ को असरबाट विश्व अर्थतन्त्रमा सुधार आउँदै गर्दा भएको रसिया युक्रेन युद्धले समस्यामा पारेको जनाइन् ।

चुनौतीका बाबजुत पनि एसियाको अर्थतन्त्र अन्य महादेशको तुलनात्मक राम्रो रहेको उनको भनाइ छ । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको उनले बताइन् । सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले देशका आन्तरिक आर्थिक समस्याका बारेमा आईएमएफलाई जानकारी गराएका थिए । अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पुाजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूाजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा कमी आएको जनाए ।

उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको जनाए । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा उनको जोड थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here