काठमाडाैं । प्रथम नैकाप महोत्सव कार्तिक १५ गते उद्घाटन गरेर सुरू भएकाे छ ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो महोत्सवमा विशेष अतिथिमा उपमेयर बसन्ती श्रेष्ठ, १४ नम्बर वडाका वडा अध्यक्ष राज भाई महर्जन, समाजसेवी रमेश थापा, गायक हेमन्त शर्मा लगायत सम्पूर्ण वडाका अध्यक्ष सदस्य, समाजसेवी, कलाकार, पत्रकारको आगमन संगै कार्यक्रम भव्य रुपमा भएको थियो । दर्शकहरुको बाक्लै उपस्थिति रहेको सो कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर गिरिले यस्तो महोस्त्सवले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने लगायत कलाकारित क्षेत्रमा रुची राख्ने प्रतिभाहरु उत्पादन तथा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्ने कुरा प्रमुख अतिथी घनश्याम गिरीले बताउनु भयो । कार्यक्रमको संयोजन अष्टमान महर्जनले गर्नु भएको थियो भने सभातित्व आयोजक संस्था औधोगिक शान्ती नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले गर्नु भएको थियो । कार्यक्रम मा स्वागत मन्त्व्य दिदै नैकाप पर्यटकिय स्थल को रुपमा चिनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको कुरा जानकारी गराउनु भयो । विगत १२ वर्ष देखी यस्तै महोत्सव गरी स्थानीय उत्पादन र प्रतिभालाई अन्तराष्ट्रिय स्तरसम्मा चिनाउने उद्देश्यले औधोगिक शान्ती नेपाल संस्था खडा गरी आज सम्म यस् कार्यलाई निरन्तर्ता दिँदै आएको र अझै हौसला माया र साथ पाए अझै उच्च स्तरिय कार्यक्रम पनि गर्दै जाने कुरा संस्थाका अध्यक्ष सन्दिप महतले जानकरी गराए ।
यही कार्तिकको १५ गते देखी २६ गतेसम्म चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै खुल्ला नृत्य प्रतियोगिता डान्स आईडल पनि हुने साथै विभिन्न चरण गर्दै टप १० मार्फत भोट र निर्णयकको अन्तिम निर्णयबाट बिजेता घोषणा गर्ने कार्यक्रम रहेको संयोजक सुमन कुमार श्रेष्ठले जानकारी गराए । जसको अन्तिम निर्णय भने महोत्सवको अन्तिम दिन हुने जानकारी आयोजकले गराए । साथै बिजेताले नगदसहित ट्रफी तथा प्रमाण पत्र पाउनेछन ।
उक्त मेलामा अन्तराष्ट्रिय स्टल सहित १५० भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाँडाकुडाहरु, एकै ठाँउमा सर्बसुलभ तरिकाले पाउने र त्यसैगरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सांस्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिकाद्वारा बेजोड प्रस्तुति हुनेछ । मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको छ भने मेलामा प्रवेश नि:शुल्क रहेको जानकारी आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जनकारी गराए ।
प्रथम नैकप औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७९ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन्
यस संस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल र कार्यालय सचिब जिबन नेपाल र बिमल सुर्खेती रहेका छन ।


















