डोटीकाे भुकम्प अपडेट : ६ जनाको मृत्यु केही मानिस घाइते (मृतककाे नामावली सहित)

51

डोटी । बुधवार मध्यराति डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर   ६ जनाको मृत्यु हुनुका साथै अन्य ६जना घाइते भएकाे खबरप्राप्त भएकाे छ ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ६ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

डोटीलाई नै केन्द्रबिन्दु बनाएर मङ्गलवार साँझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए। भूकम्पको धक्का कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको जनाइएको छ।

डोटी पुर्बिचौकी गाउँपाली का वडा नं ३ गैरागाउँ मा २०७९/७/२३ गते राति आएको भुकम्पमा परेर ६ जनाकाे नामावली यस्ताे रहेकाे छ :
१.प्रेम बोहरा – बर्ष ५०
२.भगवती बोहरा – बर्ष ४०
३.सीता बोहरा – बर्ष १३
४.हर्क बोहरा – बर्ष ८
५.धन्सरी बोहरा – बर्ष १४
६.तुलछी बोहरा – बर्ष १४
अहिले घरहरू चर्किएकाे तथा बस्न लायककाे नभएकाे तथा हजार भन्दा बढी घरहरू क्षति भएकाे डाेटी सायल निवासी  मिलन बाेहाेराले जनाएका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here