प्रभु बैँककाे संस्थापक सेयर ५० लाख १६ हजार १९९ कित्ता सेयर किन्न सकिने

36

काठमाडाैं । प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैँकले जानकारी गराएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैँकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कवोल गरी आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैँकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here