सुनको भाउमा बृद्धि

53

काठमाडौं ।  शुक्रबार सुनको भाउमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एकैपटक प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला ९४ हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९६ हजार २०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

यसअघि प्रतितोला एक हजार २८५ रुपैयाँ रहेको चाँदी आज बढेर एक हजार २९५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here