कीर्तिपुर । खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजी र कीपू मंकाः धुकू, बाघ भैरब कीर्तिपुरसँगको सहकार्यमा मुत्र प्रणाली रोगीको लागि निःशुल्क स्वास्थ्य शिविर भोलि शनिबार हुने भएकाे छ ।
कीर्तिपुर वडा नं. १ बाघभैरवमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा मृग्रौलामा भएका पत्थरी र प्रोष्टेट ग्रन्थी बृद्धिबाट पीडित विरामीको निःशुल्क स्वास्थ्य परामर्श गरिने भएकाले कार्यक्रममा सहभागी जनाई स्वास्थ्य लाभ हुन आयोजकले अनुरोध गरेका छन् ।

















