मतदान गर्ने गरी ७७ जिल्लाका १४१ वटा अस्थायी केन्द्र स्वीकृत

65

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाताले मतदान गर्ने गरी १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली  बमोजिम हुने मतदान प्रक्रियामा सहभागी हुने अस्थायी मतदाताले मतदान गर्ने गरी ७७ जिल्लाका १४१ वटा अस्थायी केन्द्र स्वीकृत गरेको हो।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो।

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको छ। अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएकोले आयोगले सोही बमोजिम व्यवस्था मिलाएर मतदानको सुनिश्चितता गरेको उहाँको भनाइ छ। गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here