काेराेना संक्रमित १५ जना थपिए

44

काठमाडौं : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ६४ नमूनाको पीसीआर र १ हजार २ सय २१ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १५ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन। आज थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय १४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here