चुनाव प्रचारमा रहेकाे एमाले उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण

89

कठमाडौं । गोरखाको पालुङटारमा चुनाव प्रचारमा रहेकाे एमाले उम्मेदवार अब्दुस मियाँको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेको छ।

आइतबार राति पाँच जनाको समूहको आक्रमणमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरी भट्ट घाइते भएको मियाँले बताए।

“राति हाम्रो टोली पालुङटारमा खाना खाँदै थियो। सोही बेला पाँच जना मान्छे आएर एक्कासी बियरको बेतलले हान्न थालेछन्। म त्यो बेला अर्को ठाउँमा बैठकमा थिएँ”, मियाँले उकालोसँग भने, “आक्रमणकारीको पहिचान हुन सकेन।”

घाइते भट्टको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए। घटनामा संलग्न तनहुँ घर भएका दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खाँटीपोखरीले जनाएको छ।

प्रहरीले भने घटनामा चार जनाकाे संलग्नता रहेकाे र दुई जनाकाे खाेजी भइरहेकाे जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here