मौन अवधिमा प्रचार प्रसार नगर्नुस्ः निर्वाचन आयोग

63

काठमाडौँ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सचेत गराएको छ। निर्वाच आयोगले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन निर्वाचन आयोगले राजनीतिक दल,उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको हो।  निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न नगराउन भनेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि (स्थिर समय ) मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो।  निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल,उम्मेदवार लगायत सर्वसाधरणलाई सचेत गराएका हुन्।

मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रुपमा निषेध गरिएको भण्डारीले उल्लेख गरे।  उनले भने, ‘मतदान हुने दिनको ४८ घण्टा अघि मतदान केन्द्रको ३ सय मिटर वरपर राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री पूर्ण रुपमा हटाउनु पर्दछ। कनै पनि विधि र प्रक्रियाबाट मत माग्न, प्रचारप्रसार गर्न, गराउन हुँदैन। सामाजिक सञ्जाल, अनलाईन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रशारण तथा सामग्री पोष्ट गर्ने, सेयर गर्ने, लाईक गर्ने, कमेन्ट गर्ने लगायतका सबै कुराहरु निषेध गरिएको छ ।’

भण्डारीले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी दिए। उनले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here