रुसले युक्रेनमा गरिरहेको आक्रमण भ्लादिमिर पुटिनको लक्ष्य हासिल नहुँदासम्म जारी रहने

96

काठमाडौं। रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले आफ्नो देशलाई पश्चिमी देशहरुसँग कूटनैतिक सम्बन्ध कायम राखिराख्ने कुनै आवश्यकता नभएको बताएका छन् । मेदभेदेवको यो प्रतिक्रिया पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि आएको हो ।

२०२० मा मेदभेदेवलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए । अहिले मेदभेदेव रुसको सुरक्षा परिषदका उपाध्यक्ष हुन् ।मेदभेदेवले युक्रेनमा रुसको आक्रमणको बीचमा रुसी सामाजिक संजाल धिकेमा एक पोस्टमा लेखेमा छन् ‘अब दूतावासहरु बन्द गर्ने समय आएको छ ।’

उनले आफ्नो पोस्टमा रुसले युक्रेनमा गरिरहेको आक्रमण भ्लादिमिर पुटिनको लक्ष्य हासिल नहुँदासम्म जारी रहने बताएका छन् ।यद्यपि अहिलेसम्म यो स्पस्ट छैन कि पुटिन के हासिल गर्न चाहन्छन् । मेदभेदेवले आफ्नो पोस्टमा रुसमा मृत्युदण्डको सजायलाई बहाल गर्ने पक्षमा वकालत पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here