खेल क्षेत्रलाई राजनीतिकरण नगरौं : फ्रान्सेली राष्ट्रपति

106
France's President Emmanuel Macron speaks during a joint news conference with Germany's Chancellor Olaf Scholz during an European Union (EU) summit at the European Council Building in Brussels, Belgium, on Dec. 17, 2021.

एजेन्सी ।  फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले खेल क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन्।

कतार विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा माक्रोनले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका हुन्। मानवअधिकार उल्लंघनको विषयलाई लिएर अहिले कतार विश्वकपको आलोचना भइरहेको छ। न्यूयोर्क टाइम्सदेखि पश्चिमा मिडियाले अहिले कतार विश्वकपमा भएको मानवअधिकार उल्लंघनको विषयलाई प्राथमिकताका साथ उठाइरहेको छ। केहीले यो विश्वकपलाई बहिष्कार गर्नुपर्ने आवाज उठिरहेको।

यस्तो अवस्थामा फिफाले पनि खेलमा मात्र ध्यान दिन आग्रह गरिसकेको छ। सन् २०१८ मा भएको विश्वकप फ्रान्सले जितेको थियो। आफ्नो राष्ट्रिय टोली उपाधी रक्षा गर्न कतार पुग्दा माक्रोनले अहिले विश्वकपमा मात्रै ध्यान दिनुपर्ने बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here