निर्वाचन सम्पन्न गर्न करीब ३ लाख सुरक्षाकर्मी परिचालन

24

काठमाडाैं । सरकारले निर्वाचन सम्पन्न गर्न करीब ३ लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी, प्रहरी, सशस्त्र र सेना गरी २ लाख ९८ हजार ६७९ सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले जानकारी दिएका छन् ।

आज गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ लाख १५ हजार म्यादी प्रहरी, ७१ हजार ६९३ प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी, ७४ हजार ८४९ नेपाली सेना र १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटाइएको जानकारी दिएको हो ।   १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्रमा मं‌सिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि त्यतिका सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here