मानव अधिकार हननको विषय

109

दोहा । युरोपका सात देशका कप्तानले मानव अधिकार हनन र समलिङ्गीप्रतिको घृणा विषयमा कतारको विरोध गर्दै विश्वकपमा खेल्दा पाखुरामा ‘आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए । यद्यपि फिफाले यसो गरेमा खेलाडीलाई पहेँलो कार्ड देखाउने चेतावनी दिएपछि यी कप्तानले आर्मब्यान्ड नलगाउने भएका छन्।

यसअघि इङ्ग्ल्यान्डका हेरी केन, नेदरल्यान्ड्सका भर्जिन भान डिक र वेल्सका गारेथ बेलले ‘वन लभ’ अभियानअन्तर्गत मुटु अङ्कित चित्र भएको आर्मब्यान्ड लगाएर खेल्ने बताएका थिए। यसैगरी बेल्जियम, स्विट्जरल्यान्ड, जर्मनी र डेनमार्कका कप्तानहरूले पनि मैदानमा उत्रँदा त्यस्तै आर्मब्यान्ड लगाउने जनाएका थिए। तर यी सबै देशका फुटबल सङ्घले सोमबार संयुक्त विज्ञप्ति जारी गरी आआफ्ना खेलाडीलाई कार्डबाट सुरक्षित पार्न यो कार्य नगर्ने घोषणा गरेका छन्। वन लभ अभियानको सुरुवात नेदरल्यान्ड्सले गरेको हो। एपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here