आज सुर्खेतको सिम्तामा मतदान जारी

43

सुर्खेत ।  मंसिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ। सुर्खेत क्षेत्र नम्बर १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले बताए। सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो। स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ।

अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताए। उनकाअनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता संख्या रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here