जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित

75

जनकपुरधाम । सप्तरीको क्षेत्र नं. २ (ख) मा जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित भएका छन् ।

उनले जसपाका उम्मेदवार निवर्तमान प्रदेश सांसद विशेश्वर प्रसाद यादवलाई ४८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

साहले १० हजार ८६२ मत पाए भने यादव १० हजार ८१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

योसगै सप्तरीमा जनमत पार्टीले प्रदेश सभा तर्फ तीन क्षेत्र जितेको छ । क्षेत्र नं. २ को (क) र (ख) समे जनमतले जितिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here