प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकमा नेकपा एमालेकाे अग्रता

237

काठमाडौं ।  प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। देशभरका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले २ लाख २१ हजार ६५३ मतसहित अगाडि रहेकाे छ।

नेपाली कांग्रेसले १ लाख ९८ हजार ७६९ मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १ लाख मत कटाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख १ हजार ७०३ मत ल्याएको छ।   नेकपा माओवादी केन्द्र भने समानुपातिकतर्फ चौथो स्थानमा छ। माओवादीले ९२ हजार १८४ मत ल्याएको छ।

माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी छ। राप्रपाले ५१ हजार ९०१ मत ल्याउँदा जनता समाजवादी पार्टीले १६ हजार ८५६ मत ल्याएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले १६ हजार १७६ मत ल्याएको छ।   नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ १३ हजार ६१७ मत ल्याएको छ। नेकपा एकीकृत समाजवादीले ११ हजार ९५६ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले १० हजार ४६८ मत पाएको छ।   अन्य पार्टीले ४६ हजार ३६ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here