कतारमा जारी विश्वकपअन्तर्गत लुसिल रंगशाला नजिकको सहरमा आगलागी

104

दोहा । कतारमा जारी विश्वकपअन्तर्गत लुसिल रंगशाला नजिकको सहरमा आगलागी भएको छ।

कतारले विश्वकपका लागि भनेर दोहाको उत्तरी मरुभूमिलाई सहरमा रुपान्तरण गर्न १८९ बिलियन पाउण्ड खर्चेको बेलायती अखबारले दाबी गरेको छ।

शनिबार रंगशालादेखि केही टाढा आकाशमा आगोको कालो मुस्लो देखा परेपछि स्थानीय अग्नि नियन्त्रक सक्रिय भएको समाचारमा उल्लेख छ। यो ठाउँमा वाटरपार्क निर्माणको काम धमाधम भइरहेको छ।

विश्वकपका खेलहरू चालू रहँदा पनि निर्माण कार्य रोकिएको छैन। लुसिल कतारको दोस्रो ठूलो सहर हो। यहाँ २ लाखको हाराहारीमा मानिसको बसोबास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here