भारतको बिजापुरमा चारजना माओवादी मारिए

46

छत्तीसगढ । भारतको बिजापुरस्थित वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चारजना माओवादी मारिएका छन्।

पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चारजना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन्।

केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए। बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here